काठमाडौं । चैत १५ गते काठमाडौंस्थित तिनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्न थप एक जना पक्राउ परेका छन् । काठमाडौं जिल्ला परिसरका प्रवक्ता अपिल बोहराका अनुसार झापा जिल्ला अर्जुनधारा नगरपालिका ५ घर भई वर्ष ४८ ओमप्रकाश लुँइटेल पक्राउ परेका हुन् । उनी राजावादीको आन्दोलनमा आगजनी र तोडफोडमा संलग्न रहेको पाइएको छ । काठमाडौं जिल्ला अदालत बाट…