६ पुस २०८२, आइतबार | December 21, 2025

जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका सई २५ हजार घुससहित पक्राउ

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख ललितकुमार बुढाथोकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयको टोलीले सोमबार बुढाथोकीलाई पक्राउ गरेको हो । उनलाई रोल्पा नगरपालिका वडा नम्बर ४ स्थित निवासबाट पक्राउ गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए…