नेपालगन्ज । बारम्बार बाँकेको बाल सुधारगृहबाट बालबिजाइँकर्ता फरार हुन थालेपछि जिल्ला सुरक्षा समितिले बाल सुधारसम्बन्धी कानुनी व्यवस्थालाई समयानुकूल सुधार गर्न सुझाव दिएको छ । सुरक्षा समितिको बुधबारको बैठकले उमेर पुगेका बालबिजाइँकर्तालाई समेत एकै ठाउँमा राखिँदा आपराधिक क्रियाकलाप बढ्दै गएको भन्दै समितिले सो सुझाव दिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा भएकोे बैठकले कात्तिक…