काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । भारत भ्रमणमा रहेका लामिछानेले बुधबार नयाँदिल्लीमा प्रधानमन्त्री मोदीसँग भेट गरेका हुन् । दुई नेताबीच एक्लाएक्लै भेटवार्ता भएको जनाइएको छ । भेटवार्तामा नेपाल-भारत सम्बन्ध, आपसी हितका विषय, लोकतान्त्रिक अभ्यास, विकास सहकार्य तथा दुई देशबीचको जनस्तरको सम्बन्धका विषयमा छलफल…