९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

एसियाली खेलकुद पुरुष क्रिकेटमा आज नेपालले अफगानिस्तानसँग खेल्दै



काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र अफगानिस्तानबीचको खेल नेपाली समयअनुसार बिहान १०ः४५ बजे जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा हुनेछ ।

पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग रहेको छ । समूहको पहिलो खेलमा अफगानिस्तानले जापानलाई पराजित गरेको थियो । अफगानिस्तानले प्रतियोगितामा आफ्नो मुख्य राष्ट्रिय टोली भने सहभागी गराएको छैन ।

नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल सेप्टेम्बर २६ मा जापानसँग खेल्नेछ । समूह ‘बी’ मा हङकङ चीन, मलेसिया र ओमान रहेका छन् ।

समूह चरणबाट चार टोली क्वार्टरफाइनलमा पुग्नेछन् । क्वार्टरफाइनलका खेल सेप्टेम्बर २८ र २९ मा हुनेछन् । पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशले भने क्वार्टरफाइनल चरणबाट प्रतियोगिताको सुरुआत गर्नेछन् । सेमिफाइनल अक्टोबर १ तथा कांस्य पदक र स्वर्ण पदकका लागि फाइनल खेल अक्टोबर ३ मा हुने तालिका छ ।

प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली टोली छनोट गरिएको छ । टोलीमा कप्तान ऐरीसहित कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, शेर मल्ल, सन्दीप जोरा, कुशल मल्ल र लोकेश बम रहेका छन् ।

यसअघि सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदको पुरुष क्रिकेटमा भारतले स्वर्ण पदक जितेको थियो । पाकिस्तानलाई पराजित गर्दै बंगलादेशले कांस्य पदक जितेको थियो । महिला क्रिकेटतर्फ भारतले स्वर्ण, श्रीलंकाले रजत र बंगलादेशले कांस्य पदक जितेका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ८ : ५१ बजे

बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

धनगढी । हिमाली जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले उत्पादन

पहिरो खसेपछि कालीगण्डकी करिडोरको रुद्रबेणी–पूर्तिघाटखण्ड अवरुद्ध

गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुद्रबेणी–पूर्तिघाट सडक अवरुद्ध भएको छ

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय

एसियाली खेलकुद पुरुष क्रिकेटमा आज नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट

धवलागिरि हिमाल आरोहण टोली फर्कियो

म्याग्दी । म्याग्दीमा रहेको संसारको सातौँ ९आठ हजार १६७० मिटर