चितवन । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ । पृथ्वीराजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका-१० खयरघारीबाट ट्रक त्रिशूली नदीमा खसेको हो । दुर्घटनास्थलबाट तीन जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ । नवलपरासीबाट काठमाडौंतर्फ जादै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान ५ः५५ बजे त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी…