६ आश्विन २०८३, मंगलबार | September 22, 2026

खुलेन मुग्लिन–नारायणगढ सडक : तुइनखोला पुलनजिकै गएको पहिरो हटाउन थप समय लाग्ने



काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै गएको पहिरो हटाउन थप समय लाग्ने भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार साँझ ठूलो वर्षातका कारण राति अबेरसम्म पहिरो पन्छाउन समस्या भएपछि थप समय लाग्ने भएको हो ।

आज बिहान ५ः३० बजेदेखि पहिरो पन्छाउन नारायणगढ र मुग्लिनतर्फबाट पाँचवटा उपकरण निरन्तर रूपमा परिचालन भइरहेको कार्यालयले जनाएको छ । साँघुरो ठाउँका कारण धरै उपकरणहरू एकै पटक सञ्चालनमा ल्याई कार्य गर्न नसकिएको उल्लेख गर्दै सडक डिभिजनले पहिरो पन्छाउन समय लाग्ने भएको जानकारी दिएको छ ।

कार्यालयले सडक सञ्चालन नहुन्जेलसम्म वैकल्पिक मार्गको प्रयोग गर्न पनिआग्रह गरेको छ । लामो समयसम्म बाटो अवरुद्ध हुँदा दसैँमा घर हिँडेका यात्रु मारमा परेका छन् ।

यता धादिङको बेनिघाट गाउँपालिका–१०, जवाङखोला र घोप्टेभीरमा गएको पहिरो भने हटाइएको छ । बिहान ३ बजे पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको नागढुङ्गा मुग्लिङ सडक योजनाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  १० : १० बजे

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय

त्रिपुरेश्वर बस आगजनीका सम्बन्धमा छानबिन समिति गठन

काठमाडौँ । त्रिपुरेश्वरमा आज बसमा भएको आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा रु ५२ अर्बभन्दा बढीको क्षति

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

शिक्षकका राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न