१ पुस २०८२, मंगलबार | December 16, 2025

पूर्वसभामुख ढुङ्गानाको निधनमा राष्ट्रपति पौडेलद्वारा दु:ख व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा दुःख व्यक्त गरेका छन् । उनको मृत्युको खबरले आफू मर्माहत बनाएको राष्ट्रपति पौडेलले बताएका छन् । 'पूर्वसभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाको निधनको खबरले मलाई मर्माहत बनाएको छ । पञ्चायतकालमा विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गर्नुभएको उहाँले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचान बनाउनुभएको छ,' उनले…