म्याग्दी । अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर दुई वर्षअघिसम्म सुनसान थियो । वसन्त ऋतुमा हिमाल आरोहणका लागि आउने हेलिकप्टरमार्फत पुग्ने आरोही र तिनका सीमित सङ्ख्यामा सहयोगीहरू मात्र आधार शिविरमा हुन्थे । पदमार्ग निर्माण र प्रचारप्रसारसँगै पछिल्लो एक वर्षयता अन्नपूर्ण आधार शिविरमा हिउँदको तीन महिनाबाहेकका समयमा…