६ पुस २०८२, आइतबार | December 21, 2025

सुरुभयो राजमार्ग चौराहा-चिडिया खोला सडक बिस्तारको काम

बुटवल । अदालतको मुद्दा र स्थानीयको अवरोध सहित ठेकेदारको चरम लापरवाहीले विगत ८ वर्षदेखि अलपत्र बुटवल उपमहानगर खण्डको मुख्य सडक राजर्माग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम नयाँ ठेकेदार कम्पनीबाट सुरु भएको छ । सडक निर्माणको जिम्मा पाएको बावुल दर्शन मालिका जेभी भैरहवाले मँगलबारदेखि सडक निर्माणको काम सुरु गरेको हो । बावुल दर्शन मालिका जेभी भैरहवाका…