११ श्रावण २०८३, सोमबार | July 27, 2026

सुरुभयो राजमार्ग चौराहा-चिडिया खोला सडक बिस्तारको काम



बुटवल । अदालतको मुद्दा र स्थानीयको अवरोध सहित ठेकेदारको चरम लापरवाहीले विगत ८ वर्षदेखि अलपत्र बुटवल उपमहानगर खण्डको मुख्य सडक राजर्माग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम नयाँ ठेकेदार कम्पनीबाट सुरु भएको छ । सडक निर्माणको जिम्मा पाएको बावुल दर्शन मालिका जेभी भैरहवाले मँगलबारदेखि सडक निर्माणको काम सुरु गरेको हो ।

बावुल दर्शन मालिका जेभी भैरहवाका संचालक टउफिक रहमन खानले सडक निर्माणको अव रात दिन चल्ने जानकारी दिए । उनले राती र दिउँसो दुई सिफ्टमा गर्ने तयारी गरिएको जनाउँदै छर्ठ पर्व पछि जनशक्ति पनि थप गरी तीव्र गतिमा निर्माण गर्ने बताए ।

ठेकेदार कम्शपनीले बुटवल स्थित इलाका प्रशासन कार्यालय अगाडिबाट निर्माणको काम सुरु गरेको छ । सुरुमा खालि रहेको ठाउँमा निर्माणको काम गर्दै जाने र त्यसपछि अन्य ठाउँको काम गर्ने उनले बताए ।

यसअघि कञ्चनजंघा बिरुवा जेभीसँग वि.स. २०७३ साल चैत्र १७ गते २०७६ सम्ममा सडक विस्तार सक्ने गरी ५३ करोड ९७ लाख ९९ हजार ४०० रुपैयांमा ठेक्का सम्झौता गरेको भएपनि बिभिन्न बहाना गर्दै ८ वर्षसम्म पटक–पटक म्याद थप्दासमेत सडक विस्तार सम्पन्न गरेको थिएन । पटक पटक म्याद थप गर्दा र अदालतको मुद्दा किनारा लागेर स्थानीको अवरोध हट्दा पनि काम सम्पन्न गर्ने चासो नदेखाएपछि सो कम्पनीसँगको सम्झौता गत वैशाखमा सडक डिभिजन कार्यालय बुटवलले रद्द गरेको थियो ।

ठेक्का रद्द भएपछि बावुल दर्शन मालिका जेभी भैरहवासँग असोज १८ गते १ वर्ष भित्रमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । साढे ३ किलोमिटरको ६ लेन सडक विस्तार गर्न लागि भ्याटसहित ३३ करोडमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बुटवलका सुचना अधिकारी महेश्वर लम्सालले बताए ।

सुचना अधिकारी लम्सालका अनुसार फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रीनबेल्ट र स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुनेछ । सो सडक समयमा नबनेपछि बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेयले ठेक्का नखुलाईए सडकमा अनसन बस्ने घोषणा गरेका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  १२ : २३ बजे

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको

कर्फ्युका बीच सुनसरीको कप्तानगन्ज क्षेत्रमा प्रदर्शन, सरकारद्वारा छानबिन समिति गठन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यराति दुई समुदायबीच