काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध ६-० को जित निकालेसँगै नेपाल समूह विजेताको रुपमा साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाललाई समूह विजेता बन्न आज ६-० को जित आवश्यक थियो । इन्जुरी समयमा रश्मीकुमारी घिसिङले गोल गरेसँगै नेपालले ६-० को जित निकालेको हो ।…