७ आश्विन २०८३, बुधबार | September 23, 2026

आजको मौसम : देशका विभिन्न स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह



काठमाडौं । देशका विभिन्न स्थानमा वर्षा भइरहेकाले सावधानी अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।

पछिल्लो एक घण्टामा लम्जुङको राइनासटार वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको छ । सो केन्द्रमा एक सय १५ दशमलव छ मिलिमिटर वर्षा मापन गरिएको छ । यस्तै राजधानी काठमाडौं आसपासका क्षेत्रमा पनि हल्का वर्षा भइरहेको छ ।

यसैगरी, गोरखाको आरुघाटमा १७ दशमलव एक मिलिमिटर, स्याङजामा १४ दशमलव दुई मिलिमिटर, सिन्धुपाल्चोकमा १५ दशमलव दुई मिलिमिटर, डोटीमा १६ दशमलव दुई मिलिमिटर र बझाङको थलारामा ११ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ ।

विभागले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स-साना नदीहरुमा बहाव आकस्मिक बढ्न सक्ने पूर्वानुमान गरेको छ । आकस्मिक रुपमा बाढी आउन सक्ने भएकाले मध्यम जोखिमको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ६ : १७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई