२६ कार्तिक २०८३, बिहिबार | November 13, 2026

पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका दुई मजदुरको मृत्यु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट–१मा पहिरोका कारण आज दुई जना मजदुरको मृत्यु र पाँच जना घाइते भएका छन् । रघुगङ्गा गाउँपालिका–५ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको अडिटभन्दा माथिबाट खस्दा दुई जनाको मृत्यु भएको हो । घटनामा घाइते पाँच जना लाई उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब…