८ आश्विन २०८३, बिहिबार | September 24, 2026

राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा



काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले अब अभियान मात्र चलाएर सम्भव नभएको निष्कर्षमा पुगेको र त्यसैले दल गठन गर्ने निर्णय लिएको स्पष्ट पारे ।

प्रसाईंका अनुसार आफू र आफ्ना अभियानका साथीहरूले नेपाल सुधारका लागि राजनीतिक शक्ति निर्माण गर्न दल गठन गर्ने अठोट गरेका छन्। उनले केही समयमै दलको नामसहित विस्तृत योजना सार्वजनिक गर्ने जानकारी दिए ।

“म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । अब मेरो व्यक्तिगत जीवन वा परिवारभन्दा पनि नेपाल र नेपाली नै प्राथमिकतामा छन् । राजनीतिले बिगारेको व्यवस्थालाई सुधार गर्न हामी बाध्यतावश राजनीतिमा प्रवेश गरेका हौं,” प्रसाईंले पत्रकार सम्मेलनमा भने ।

उनले अघिल्ला गतिविधिका कारण विभिन्न अवरोधहरू खेप्नु परेको स्मरण गर्दै, “अभियान मात्रै चलाउँदा पनि कोठामा ताला लगाइयो, थुप्रै अवरोध गरियो । त्यसैले अब नयाँ बाटो रोजेको हुँ,” भने ।

प्रसाईंले आफूलाई अघिल्लो समयमा ७८ दिनसम्म हिरासतमा राखिएको अनुभव सुनाउँदै नेपाल र नेपालीका लागि संघर्ष जारी रहने उल्लेख गरे । “मलाई किन्न खोजियो, इन्काउन्टरमा मार्न खोजियो । तर म नभागेको भए आज म बाँच्दैन थिएँ । नेपालको जेल सबै देखिसकेको छु । एक दिन सर्वहारा भुइँमान्छेको दिन आउनेछ,” उनले चुनौतीपूर्ण शैलीमा भने ।

उनले राजनीतिक दल गठनसँगै नेपालमा परिवर्तन ल्याउने आफ्नो अभियान झन् सशक्त हुने दाबी गरे ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  ४ : ०२ बजे

वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट बच्न सरकारको उच्च सतर्कता, सबै मन्त्रालय सक्रिय

काठमाडौँ । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको

प्रदेश विश्वविद्यालयको विधानमा स्वायत्ततामाथि प्रश्न : पुनरावलोकन आवश्यक

बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालयको विद्यमान विधानका विभिन्न दफा तथा

कांग्रेस महाधिवेशन : पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको यही असोज १६ देखि १९ गतेसम्म

बाँकेमा सुरक्षित आश्रयस्थलको व्यवस्थापन गरिँदै

यही शुक्रबारदेखि तीन दिनसम्म भारी र अति भारी वर्षा हुने

नारायणगढ-मुग्लिन सडकमा आज राति सवारी आवागमन बन्द

चितवन । अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम