धनुषा । प्रहरीले धनुषाबाट हुन्डी कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा नगरपालिका-९ का ३९ वर्षीय भुवनेश्वर राउत, भारत बिहार राज्य सितामढी थाना परिहार ग्राम पञ्चायत बराहीका ४२ वर्षीय जामुन नायक र जनकपुरधाम उपमहानगरपालिका-८ स्थित न्यू अनुष्का मनी ट्रान्सफर ट्रेडर्सका कर्मचारी सोही उपमहानगरपालिका-८ का २६ वर्षीय जेनिस साह रहेका छन्।…