बागमती प्रदेश सभा सदस्य गंगानारायण श्रेष्ठले सिन्धुलीको खुर्कोटमा तत्काल बेलिब्रिज जडान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद श्रेष्ठले बिहीबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री, आर्थिक मामिला तथा योजनामन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय हेटौंडामा भेटेर सिन्धुलीको खुर्कोटमा सुनकोसी नदीले बगाएको पुलको ठाउँमा तत्काल बेलिब्रिज जडान गर्न ध्यानाकर्षण गराएका…