२८ असार २०८३, आइतबार | July 13, 2026

पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा



तानसेन । अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । सिद्धबाबा क्षेत्रका तीन ठाउँमा ढुङ्गासहित पहिरो खसेपछि सोमबार साँझदेखि पूर्णरूपमा अवरुद्ध बनेको सडक आज साँझादेखि एकतर्फी सञ्चालनमा आएको हो ।

वर्षा रोकिएपछि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसनको सहयोगमा पहिरो पन्छाएर सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यले जानकारी दिए ।

राजमार्गको पाल्पा तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रको नागडाँडा, ड्यामसाइड, सिद्धबाबालगायत स्थानमा खसेका पहिरोले सोमबार बेलुकीदेखि सडक अवरुद्ध भएको थियो । निरन्तरको वर्षाका कारण सडकमा खसेका पहिरा पन्छाउन नसकेर राजमार्ग खुलाउन ढिलाइ भएको प्रमुख आचार्यले बताए ।

उनले भने, “पानी परिरहेको र माथिबाट ढुङ्गासहितको पहिरो झर्न नरोकिएकाले केही समस्या आएको हो । अहिले डोजर लगाएर दुवैतर्फ खुलाउने प्रयास भइरहेको छ ।” सोमबार दिनभर बेला–बेलामा पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन गरे पनि साँझातिरदेखि पुनःनिरन्तर वर्षा भइरहेकाले पहिरो निरन्तर खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । पानी रोकिनासाथ कर्पोरेसनले डोजर लगाएर सडक खुलाउन सहयोग गरेको उनको भनाइ छ ।

पुनः पानी पर्नासाथ राजमार्गको माथिल्लो भेगबाट ढुङ्गा खसेपछि सवारीसाधन रोकिने ट्राफिक कार्यालयले जनाएको छ । यात्रुलाई जोखिमका बेला अत्यावश्यकबाहेक यात्रा नगर्न दोभान प्रहरी चौकीले अनुरोध गरेको छ ।

पानी परेर सिद्धबाबा खण्डमा पहिरो खस्ने, ढुङ्गा खस्ने भएपछि प्रहरी चौकी दोभान, प्रभास, बर्तुङले सवारीसाधन रोक्दै गरेका छन्  । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट आवतजावत गर्ने सवारीसाधन बाटोमा रोकिएका थिए । सडक एकतर्फी खुलेपछि सवारी गन्तव्यतर्फ लागेका छन् ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ८ : २५ बजे

देशभर वर्षा : विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली