काठमाडौं । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि वार्ता समिति गठन गरेको छ। सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा आइतबार बेलुका मन्त्रालयले वार्ता टोली गठन गरेको हो। गृहमन्त्रीस्तरको निर्णयबाट उक्त वार्ता टोली गठन गरिएको हो। गृह मन्त्रालयबाट जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या…