१३ पुस २०८२, आइतबार | December 28, 2025

पहिरोले अवरुद्ध भएको काठमाडौं-मुग्लिङ सडक खुल्यो

काठमाडौं । सोमबार बेलुकादेखि अवरुद्ध भएको काठमाडौं-मुग्लिङ सडक खण्ड गएरातिदेखि खुलेको छ । धादिङको धुनिबेसी नगरपालिका-९ मा भारी वर्षापछि झरेको लेदोसहितको पहिरोले पृथ्वीराजमार्ग साँझ ६ बजेदेखि राति १ बजेसम्म अवरुद्ध भएको थियो । प्रहरी प्रभाग नागढुंगाका प्रमुख प्रहरी निरीक्षक हेमकुमार थपलियाका अनुसार राति साढे ११ बजे एकतर्फी र साढे १ बजे दुईतर्फी बाटो खुला भएको…