१० असार २०८३, बुधबार | June 25, 2026

विनयी खोलामा नयाँ पुल सञ्चालनमा, पूर्व-पश्चिम यातायातमा सहजता



नवलपुर। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको विनयी खोलामा निर्माण गरिएको नयाँ पुल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

नयाँ पुल सञ्चालनमा आएसँगै यस खण्डको यातायात आवागमनमा उल्लेखनीय सहजता आउने भएको छ । लामो समयदेखि पुलको अभावले यात्रुहरूलाई कठिनाइ बेहोर्नुपरेको थियो ।

पुल भत्किएपछि अस्थायी रूपमा बनाइएको डाइभर्सन पनि बाढीले पटक–पटक बगाउने गर्दा आवतजावतमा समस्या हुने गरेको थियो । डाइभर्सन बिग्रिएपछि सवारी सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाउँदै आएको थियो ।

नयाँ पुलले स्थायित्वसहितको यातायात सुविधा प्रदान गर्ने विश्वास गरिएको छ । स्थानीयवासी र यात्रुहरूले पुल सञ्चालनमा आएपछि राहत महसुस गरेका छन् । यद्यपी दाउन्ने खण्ड अझै पनि समस्याग्रस्त रहेका कारण बुटवल नारायणघाटको यात्रा भने अझै केही समय सहज हुने भने देखिँदैन ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  १२ : ४० बजे

गैरकानूनीरूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ

काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं ८ मा सञ्चालित स्पार्क

गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बङ्गलादेशी

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार