२७ भदौ २०८३, शनिबार | September 12, 2026

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता भएका छन् भने चार जना जलविद्युत् केन्द्रका कर्मचारी जोखिमपूर्ण अवस्थामा फसेका छन् । मंगलबार राति आएको बाढीले स्थानीय करिब ७३ वर्षीय तसमान तामाङलाई गाई-बाख्राको गोठसहित बगाएको गौरीशंकर गाउँपालिका-९ का वडाध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिए । उनका अनुसार सिप्रिङ खोला जलविद्युत् केन्द्र (सिनर्जी…