पाटन । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक-सामाजिक परिवर्तनमा युवाको भूमिका आवश्यक रहेको बताएका छन । अन्तर्राष्ट्रिय युवा दिवस, २०२४ का अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले युवालाई सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे । “हरेक परिवर्तनमा युवाको ठूलो भूमिका हुन्छ, हामी युवा हुँदा लोकतान्त्रिक मूल्य मान्यताका लागि सङ्घर्ष गर्यौं, राजनीतिक परिवर्तनका…