८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

प्रथम मगर साहित्य महोत्सव सफल पार्न रुपन्देहीका सञ्चारगृहसँग सहकार्यमा जोड



बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा आगामी मंसिर २१ र २२ गते हुने प्रथम मगर साहित्य महोत्सवको तयारी बारे बुटवलमा शनिबार अन्तरक्रिया सम्पन्न भएको छ । ‘आफ्नो कथा आफै लेखौं’ भन्ने नारा सहित संचालन हुने महोत्सवको प्रचार प्रसारलाई व्यवस्थित गराउने विषयमा मगर सञ्चारकर्मीहरु बीच अन्तरक्रिया गरिएको हो ।

महोत्सव तयारी समितिका प्रवक्ता शंकर गाहाले विषयवस्तु बारे प्रकाश पार्दै सबै मिडिया हाउस तथा सञ्चारकर्मीहरुसँग सहयोग लिई सूचना प्रविधिलाई अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए । छलफलकै क्रममा महोत्सवको ऐतिहासिकता, महोत्सवले दिने सन्देश र मगर लेखक तथा साहित्यकारहरुमा हुने उर्जा र प्रभावबारे समितिका प्रवक्ता गाहाले बताए ।

यस्तै नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष तथा प्रथम मगर साहित्य महोत्सव आयोजनाकी संयोजक निर्मला थापाले महोत्सवका लागि हालसम्म भएका तयारी बारे जानकारी गराइन् । महोत्सवले मगर भाषा, साहित्य, कला र संस्कृतिमा पार्ने दिर्घकालिन प्रभावबारे पत्रकारहरु बीच प्रकाश पारिन् । कुनै पनि जाती, क्षेत्र वा समुदायको ईतिहास वा बलियो हतियारनै उनीहरुको भाषा, साहित्य र कला संस्कृति भएको बताउँदै प्रचार प्रसार समितिका संयोजक यम रानाले महोत्सवलाई सफल पार्न एकवद्ध हुनु पर्नेमा जोड दिए । रानाले मगरहरूको विषयमा सत्य तथ्य संकलन गरी समन्वयकारी सञ्जाल निर्माण गर्न तथा कला, साहित्य र बौद्धिक तथा मानसिक अभ्यास हुने क्षेत्रमा मगर समुदायको प्रभावकारी उपस्थिति गराउन महोत्सव माध्यम बन्ने उल्लेख गरे ।

महोत्सव सफलताको शुभकामना व्यक्त गर्दै लुम्बिनी प्रदेश सञ्चार प्रतिष्ठानका अध्यक्ष मिलन गाहाले प्रचार प्रसारलाई ब्यापक बनाउन हरेक क्षेत्रका पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । महोत्सव प्रचार प्रसार उपसमितिमा रुपन्देहीका सबै मगर पत्रकारहरुलाई सदस्यको रुपमा मनोनित गरिएको छ ।

कार्यक्रममा फोनिज रुपन्देही अध्यक्ष सनु थापा, पत्रकारहरु लोकनेश ढेंगा मगर, प्रविण गाहा मगर, डिवी सुस्लिङ्ग, सुन्दर तरामु, मिन राना, गेविन्द घर्ति मगर, आकृति थापा मगर लगायतले बोल्दै महोत्सव बारे अन्य समुदायलाई समेत जानकारी गराउँदै उनीहरुसँग पनि समन्वय गर्न आवश्यक रहेको सुझाव प्रस्तुत गरे । प्रचार प्रशारलाई थप व्यवस्थित बनाउन रुपन्देहीका सबै सञ्चारगृहसँग आवश्यक समन्वय र सहकार्यमा जोड दिएका थिए ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १२ : ५१ बजे

कांग्रेस सरकारसँग मिलेर काम गर्न चाहन्छ : गगन थापा

सुनसरी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारसँग कांग्रेस

आइतबारभित्र अनुसन्धान नसके दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म,

अमेरिकामाथि नेपालको लगातार दोस्रो शानदार जित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिकामाथि लगातार दोस्रो

प्रथम खजुरा गोल्डकपबाट ३ लाख बढी रकम बचत, गाँउभेला गरेर हिसाव सार्वजनिक

खजुरा । न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजना तथा खजुरा गाँउपालिकाको

कास्की अदालतबाट रवि विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ताको अनुमति

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति