६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

भरुवा बन्दुक र चोरीको सामानसहित तीन युवा पक्राउ



झापा । झापाको अर्जुनधारा नगरपालिका–४ स्थित देवान चोकबाट प्रहरीले भरुवा बन्दुक र चोरीको समानसहित तीन युवालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी शनिश्चरेले शनिबार राति १०ः३० बजे अर्जुनधारा–४ स्थित देवानचोकबाट सोही स्थानका १९ वर्षीय आदित्य लिम्बू, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

गत साउन २५ गते राति अर्जुनधारा–७ मिलडाँडाकी इन्दिरा अधिकारीको किराना पसलमा ताला फुटाएर नगद र सामान चोरी भएको उजुरीका आधारमा प्रहरी चौकी शनिश्चरेले घटनामा संलग्नको खोजी सुरु गरेको थियो । चोरीमा संलग्नको खोजी गर्ने क्रममा शनिबार राति १०ः३० बजे उनीहरुलाई शङ्कास्पद अवस्थामा प्रहरीले फेला पारेको प्रवक्ता चन्दले बताए ।

प्रहरीले उनीहरुका साथबाट चोरीको समान र अर्जुनधारा–४ का २२ वर्षीय छिरिङ तामाङको घरमा लुकाएर राखिएको अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीले आदित्य लिम्बूका साथबाट चाँदीको सिक्री एक थान, नेपाल टेलिकमको रु ५० दरको रिचार्ज कार्ड १९ थान, छिरिङ तामाङको साथबाट चाँदीको औँठी दुई थान, चाँदीको पाउजु दुई थान, चाँदीको सिक्री एक थान, एनसेल कम्पनीको रु ५० दरको रिचार्ज कार्ड पाँच थान र निखिल तामाङको साथबाट चाँदीको सिक्री एक थान बरामद गरेको छ ।

प्रहरीले चोरी गर्दा प्रयोग भएको एउटा खुकुरी समेत किराना पसलबाट बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
रासस

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १ : ०२ बजे

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्

यसवर्षका दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

चितवन । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

राँझा । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१९ का अमजत अली शेख विगत

बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरुमा दसंँ लगत्तै पर्यटकको चहलपहल बढ्न

चीन सिजाङ भूकम्प अपडेट : १६ जनाको मृत्यु, घाइते ४६ पुगे

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको नागकु शहरस्थित बाकेन काउन्टीमा