काठमाडौं । नेकपा (एमाले)को उपाध्यक्षमा गुरु बराल मनोनित भएका छन् । सिंहदरबार अगाडिको एक होटलमा आज बसेको एमाले सचिवालय बैठकले स्थायी कमिटी सदस्य गुरू बराललाई उपाध्यक्ष पदमा मनोनीत गर्ने निर्णय गरेको हो । तत्कालिन उपाध्यक्ष सुवास नेम्वाङको मृत्युपछि यो पद खाली थियो । बैठकले स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनीत गरेको महासचिव…