२३ बैशाख २०८१, आइतबार | May 5, 2024

पानीसमेत पाउँदैनन् कैलाली ओलानीका विद्यार्थीले

धनगढी । विद्यालयमा ५०० लिटरको ट्यांकी राखिएको छ । त्यो ट्यांकी पनि कहिले भरिन्छ, त कहिले भरिँदैन । करिब ५०० जना विद्यार्थी रहेको कैलालीको गोदावरी नगरपालिका–१२ स्थित जनप्रभात माविमा विद्यार्थीले ५०० लिटर क्षमता भएको ट्यांकीले पिउन र शौचालय जानका लागि पानीको प्रयोग गर्नु पर्दछ । तर, सो पानी खाजा खाने समय अर्थात् मध्यान्तरसम्म पनि पुग्दैन…