९ पुस २०८२, बुधबार | December 24, 2025

मुग्लिङ-नारायणगढ सडकखण्डमा पहिरो जाँदा सडक एकतर्फी

चितवन । मुग्लिङ नारायणगढ सडकखण्डमा पहिरो जाँदा सडक एकतर्फी संचालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो । डिभिजन कार्यालयले सडक दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ गएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने जानकारी दिएको छ ।