३० बैशाख २०८३, बुधबार | May 13, 2026

नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने



नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि आजदेखि रातको समयमा बन्द गरिने भएको छ ।

सडक विस्तार छिटो सम्पन्न गर्न आजदेखि रातको समयमा सडक बन्द गर्न लागिएको हो । नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार दाउन्ने खण्डमा आज राति ११ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । आजदेखि यही वैशाख १५ गतेसम्म दैनिक रातको ६ घण्टा सवारीसाधन रोकेर दाउन्नेखण्डको सडक मर्मत तथा विस्तार हुने उनले बताए । गत चैत २७ देखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त खण्डमा यातायात सञ्चालनमा रोक लगाइ सडक विस्तार गरिएको थियो ।

“दाउन्नेको पहाडी क्षेत्रमा एक सय १० मिटर पहाड कटिङका काम बाँकी छ”, उनले भने, “साँघुरो क्षेत्रमा सवारीसाधन रोकेर मात्रै काम गर्न सहज हुने भएकाले रातको समयमा पहाडको भित्ता काट्न सडक बन्द गरिएको हो ।” दाउन्नेको पहाडमा भित्ता काट्ने काम १५ दिनमा सक्ने गरी रातको समयमा आवश्यकताअनुसार बत्तीको व्यवस्था गरेर काम अगाडि बढेको खनालले जानकारी दिए । १४ किलोमिटर दाउन्ने क्षेत्रको पहाडमध्ये पूर्वी खण्डमा चार किलोमिटर सडक अप्ठ्यारो भएको खनालको भनाइ छ ।

नारायणघाट–बुटवल खण्डको एक सय १४ किलोमिटरमध्ये एक सय किलोमिटर चार लेखनमा तथा दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार हुनेछ । सहरी क्षेत्रको सडकमा दुवैतर्फ अतिरिक्त सर्भिस लेन रहने गरी काम भइरहेको खनालको भनाइ छ । खनालका अनुसार दाउन्नेको पूर्वी खण्डमा मात्रै ७० वटा कल्भर्ट निर्माण गर्नुपर्नेछ ।

राजमार्ग बन्द गरेर सडकमा भएका खाल्डाखुल्डी पुर्ने र त्यसपछि पहाडको भित्ता काट्ने काम अगाडि बढाइने उनले बताए । गत चैतको अन्तिम साता परेको सामान्य वर्षाका कारण हिलो हुँदा यहाँको सडकमा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको थियो ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  १० : २३ बजे

बुटवलमा सुकुम्बासी आन्दोलन झन चर्किँदै : जेठ ३ गते राष्ट्रिय सम्मेलनको तयारी

बुटवल । सरकारले देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउन डोजर

तेस्रो पटक पनि अवरुद्ध भएपछि प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको तेस्रो बैठक पनि अवरुद्ध भएको छ ।

न्यायालयविरुद्ध रास्वपा सांसदको अभिव्यक्तिप्रति नेपाल बारको आपत्ति

काठमाडौं । नेपाल बार एसोसिएसनले रास्वपा सांसद गणेश पराजुलीले प्रतिनिधिसभामा

दरपिठ विरूद्धको निवेदन दर्तामा सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण

काठमाडौं । केही दिनदेखि सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दर्ता

सरकारी संरचनाबाट भाडा उठाएर करोडौं हिनामिना गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास