३ श्रावण २०८३, आइतबार | July 19, 2026

माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : अध्यक्ष प्रचण्ड



नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय जनताले माओवादी केन्द्रप्रति भरोसा गरेको बताएका छन् ।

आज साँझ नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आयोजित ‘जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले झापादेखि नवलपुरसम्म आउँदा माओवादी केन्द्रलाई जनताले भरोसा गरेको अनुभूति भएको बताए ।

उनले अहिले देशको राजनीति असहज अवस्थाबाट गुज्रिएकाले यसलाई सहज परिस्थिति बनाउन थुप्रै खबरदारी अभियान गरिएको उल्लेख गरे । माओवादी केन्द्रले झापाबाट सुरु गरेको अभियान कञ्चनपुरसम्म पुग्ने भएकाले हालसम्म लाखौँ जनताको सहभागिता रहेको उनको भनाइ छ । “अभियानका क्रममा मैले सहिद, बेपत्ता, योद्धा परिवार, गरिब, मजदुर, किसानहरुको कुरा नजिकबाट सुन्ने अवसर पाएको छु”, उनले भने, “यस अवसरमा आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम थारु समुदायको अहिलेको चाहना र आवश्यकतालाई नजिकबाट बुझ्ने कोसिस गरेको छु ।”

जनताकै घरमा बसेर जनताको कुरा जनताकै मुखबाट सुन्ने कोसिस गर्दा माओवादी केन्द्र राष्ट्रप्रति गम्भीर, जनताप्रति इमानदार, परिवर्तनप्रति संवेदनशील र सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिप्रति समर्पित पार्टी हो भन्ने कुरा जनताले बुझ्ने अवसर पाएका उनको भनाइ छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  १० : २८ बजे

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा, ४२ करोड अझै बक्यौता

काठमाडौँ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय

संसदमा भूमिका प्रभावकारी बनाउन एमालेद्वारा सांसदलाई प्रशिक्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी

‘लिन्याक मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब