१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

प्रधानमन्त्री ओली अस्वस्थ्य, निवासमै आराम गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बनेका छन् । प्रधानमन्त्रीलाई सोमबार बेलुकीदेखि ज्वरो आएको उनको सचिवालयले जनाएको छ। ज्वरो आएपछि उनको रगत परीक्षणका लागि आज ल्याब पठाइएको छ । अस्वस्थ भएकोले अत्यावश्यकबाहेक अरू भेटघाट बन्द गरिएको उनका प्रेस विज्ञ रामशरणबजगाईंले जनाएका छन् । यद्यपी, आज गृहमन्त्री रमेश लेखकले ओलीलाई भेट गरेका छन् ।