५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

‘आर्थिक उन्नयनको मार्ग देशलाई अग्रसर गराउन सरकार क्रियाशील छ’



लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले देशलाई राजनीतिक रुपमा स्थिर बनाएर आर्थिक उन्नयनको मार्गमा अग्रसर गराउन वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् ।

राइनास नगरपालिका–२ स्थित भलायखर्क स्वास्थ्यचौकी भवनको उद्घाटन गर्दै सरकारका प्रवक्तासमेत रहेका उनले देश र जनताको हितलाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताए ।

विगतमा सरकार अस्थिर हुँदा विकास–निर्माणका काम रोकिएका, समयानुकूल ऐननियम नहुँदा प्रक्रियागत एवं संरचनागत सुधार हुन नसकेकाले ती सबै वेथिति बिसाउँदै वर्तमान सरकार जनताका विकासका चाहना पूरा गर्ने प्रयासमा लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्रीले बताए ।

उनले भने, “विगतमा भएका त्रुटि सच्च्याएर अघि बढेका छौँ, विकृति र विसङ्गतिका फोहर फालेर अघि बढ्नुपरेकाले नयाँ काममा केही ढिला भएकोजस्तो देखिएको हो ।”

फरक प्रसङ्गमा उनले वर्तमान शिक्षा प्रणाली अव्यावहारिक भएको र ग्रामीण भेगमा विद्यार्थी सङ्ख्या पनि न्यून रहेकाले त्यसको सुधार गर्दै व्यावहारिक तथा प्राविधिक शिक्षामा विशेष जोड दिनुपर्ने बताए ।

उनले अघिल्लो सरकार अस्थिर हुँदा विकास निर्माणको गति रोकिएको, अर्थतन्त्र धराशायी भएको, औद्योगिक उत्पादन बन्द भएकाले राष्ट्रलाई असफल हुनबाट जोगाउन कांग्रेस र एमाले मिलेर सरकार गठन गर्नुपरेको बताए । वर्तमान गठबन्धन २०८४ सालसम्म कायम रहने उनले बताए।

स्वास्थ्योपचारलाई सर्वसुलभ बनाउनेतर्फ सरकारले विशेष ध्यान दिएको उनको भनाइ थियो । जटिल रोगको उपचार र शल्यक्रिया देशभित्रैका अस्पतालमा सम्भव बनाउने दिशामा काम भइरहेको उल्लेख गर्दै उनले नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।

उक्त उद्घाटन कार्यक्रममा वडाध्यक्ष लक्ष्मण शाहीको अध्यक्षता थियो भने अतिथिहरु राइनास नगरपालिका प्रमुख खडक गुरुङ, संविधानसभा सदस्य जमीन्द्रमान घले, जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरुङ, दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, विभिन्न जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ८ : २९ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही