३० बैशाख २०८३, बुधबार | May 13, 2026

रविको मुद्दामा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन



काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन मगाएको छ ।

थुना मुक्त गरी पाउँ भनि दिएको निवेदनमा आज सर्वोच्च अदालतले बुटवल उच्च अदालतबाट १५ दिनभित्र कैफियत प्रतिवेदन मगाएको हो । यससँगै रवि अझै कम्तिमा १५ दिन जेलमै बस्नुपर्ने भएको छ ।

सहकारी ठगी तथा संगठित अपराध कसुरमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा चैत २९ गते ’थुनुवा दफा ७३’ निवदेन दायर गरिएको थियो ।

उक्त निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले उच्च अदालत तुलसीपुर, बुटवल इजलासका नाममा लामिछानेलाई थुनामा पठाउने कारणसहितको लिखित कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो ।

उक्त प्रतिवेदन प्राप्त भएपछि सर्वोच्चले लामिछानेले दायर गरेको रिट खारेज वा उच्चको आदेश सच्चाएर थुनाबाहिर बसेर पुर्पक्ष गर्नसक्ने आदेश गर्ने वा नगर्ने निर्णय लिइनेछ ।

सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा अघिल्लो शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । जस प्रति लामिछाने असन्तुष्ट रहदैँ सर्वोच्चको ढोकामा पुगेका हुन् ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ५ : ३३ बजे

बुटवलमा सुकुम्बासी आन्दोलन झन चर्किँदै : जेठ ३ गते राष्ट्रिय सम्मेलनको तयारी

बुटवल । सरकारले देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउन डोजर

तेस्रो पटक पनि अवरुद्ध भएपछि प्रतिनिधिसभा बैठक भोलिसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको तेस्रो बैठक पनि अवरुद्ध भएको छ ।

न्यायालयविरुद्ध रास्वपा सांसदको अभिव्यक्तिप्रति नेपाल बारको आपत्ति

काठमाडौं । नेपाल बार एसोसिएसनले रास्वपा सांसद गणेश पराजुलीले प्रतिनिधिसभामा

दरपिठ विरूद्धको निवेदन दर्तामा सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण

काठमाडौं । केही दिनदेखि सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दर्ता

सरकारी संरचनाबाट भाडा उठाएर करोडौं हिनामिना गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास