२१ असार २०८३, आइतबार | July 6, 2026

सुनगाभा सैनामैना गोल्डकप : महावीर काठमाडौं जितसँगै सेमिफाइनल प्रवेश



सैनामैना । सैनामैनामा सञ्चालन भइरहेको सुनगाभा सैनामैना गोल्डकप २०८१ मा आज चौथो दिनको खेलमा काठमाडौंको महावीर क्लब विजय भएको छ ।

प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा नै महावीर क्लबका जर्सी नम्बर १७ का सुरज थारुले खेलको १८ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । गोल प्रस्चात दुवै टिमले आफ्नो खेललाई दमदारमा रुपम प्रस्तुत गर्दै बारम्बार गोलप्रोस्टमा प्रहार गरेता पनि पहिलो हाफ १-० मै सकियो ।

खेलको दोस्रो हाफमा प्रतिस्पर्धात्मक रहेता पनि पूर्ण महावीर क्लबले आफ्नो गोलमा एक गोल थप्दै २-० को अग्रता लिएको थियो भने महावीरका लागि पूर्ण सुरज थारुले नै गोल गरेका थिए । दोस्रो गोल खेलको ६२ औँ मिनेटमा भएको थियो ।

खेलको ३९ औँ मिनेटमा बिएफसीको उत्कृष्ट फ्री किक प्रहारलाई महावीरका गोलकिपर सुन्दर बचाउ गरेका थिए ।
खेलमा महावीर क्लब काठमाडौं र हनामी बिएफसी चितवन दुवै टिमका एकएक जनाले पहेँलो कार्ड प्राप्त गरेका थिए । आफ्नो टिमको लागि दुई गोल गरेका सुरज थारु खेलको मानव घोषित भएका थिए ।

भोलिको खेल आयोजक मुर्गिया फुटबल क्लब र छिमेकी राष्ट्र भारत सिक्किमको क्लब बीच हुने कुरा खेल संयोजक अशोक खड्काले जानकारी गराए ।

मुर्गिया फुटबल क्लब, सैनामैना-४, मुर्गियाको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।

त्यस्तै सुनगाभा पब्लिक स्कुल, सैनामैना मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि ४०-४० हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष प्रबिन भारीले बताए । फाइनल खेल यही फागुन २८ गतेका दिन हुनेछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ७ : ४३ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ