ललितपुर । ललितपुरमा १५ देशका वैज्ञानिकको तीन दिवसीय सम्मेलन हुने भएको छ । नेपाल मटेरियल्स साइन्स सोसाइटीको आयोजनामा यही कात्तिक ९ गतेदेखि ११ गतेसम्म ललितपुरस्थित होटेल हिमालयमा उक्त सम्मेलन हुने आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । सम्मेलनमा वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीले विज्ञान प्रविधि तथा आविष्कारको क्षेत्रमा भए गरेका गतिविधिबारे छलफल गर्ने…