२४ भदौ २०८३, बुधबार | September 10, 2026

‘सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयकमा सरकारको नियतमा खोट’



नेपालगन्ज । सरकारले राष्ट्रियसभामा पेश गरेको सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक जस्ताको तस्तै पास गर्न नहुने सरोकारवालाले बताएका छन् । उनीहरुले विधेयक पेश गर्ने सरकारको नियतमा खोट देखिएको भन्दै सामाजिक सञ्जाल नियमनको नाममा अभिब्यक्ति स्वतन्त्रता खोस्न सरकार उद्देत रहेको आरोप लगाए ।

पत्रकार महासंघ बाँके शाखाले राखेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र समाजिक सञ्जाल विषयक बिचार मन्थन कार्यक्रममा बोल्ने वक्ताहरुले सामाजिक सञ्जाल नियमन आवश्यक भएपनि त्यसका नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि नै सरकारले धाबा बोल्न खोजेको आरोप लगाए । लोकतन्त्रकै लागि अनवरत लडेका राजनीतिक दलहरु नै अभिव्यक्ति स्वतन्त्रताको बिपक्षमा देखिनु निन्दनिय रहेको वक्ताहरुले औल्याए ।

कार्यक्रममा अवधारण प्रस्तुत गर्दै महासंघका पूर्व अध्यक्ष झलक गैरेले सरकारले छद्मभेषमा सामाजिक सञ्जाल नियमन विधेयक ल्याएको टिप्पणी गरे । उनले संबिधानमै भएको प्रावधानहरुलाई कार्यान्वयन गर्दा सामाजिक सञ्जाल नियमन गर्न सकिने उल्लेख गर्दै सरोकारवालाईलाई पन्छाएर छद्मभेषीरुपमा सरकारले विधेयक ल्याएको बताए । सरकारले प्रस्ताव गरेको विधेयक फिर्ता गरेर शुन्यबाट सरोकारकावा निकाय, कानुनबिद, मानवअधिकारकर्मीहरुसँगको परामर्शमा पुनः विधेयक ल्याउन उनले माग गरे ।

कार्यक्रममा बोल्दै अधिवक्ता ईश्वरी ज्ञवालीले सामाजिक सञ्जालको नियमन आवश्यक रहेपनि जस्ताको तस्तै पारित गर्न नहुने बताए । उनले सामाजिक सञ्जालको अराजकतालाई नियमन होईन प्रतिबन्ध आवश्यक रहेको उल्लेख गर्दै यसमा राजनीतिक दलहरु जिम्मेवार बन्नुपर्ने बताए । विधेयक पूर्णरुपमा खराब नभएको तर्क गर्दै ज्ञवालीले सरोकारवालाको सुझाव लिएर बिधेयक सम्पादन हुनुपर्ने जिकिर गरे ।

राष्ट्रिय मानवअधिकार आयोग, नेपालगन्ज कार्यालयकी प्रमुख द्वारीका अधिकारीले विधेयकको नियत राम्रै भएपनि सरोकारवालाको सुझाव र उनीहरुसँग छलफल नगरि ल्याईँदा कार्यान्वयन हुन नसक्ने बताइन् । उनले सुझाव र छलफल नसमेटी विधेयक निर्णयार्थ प्रस्तुत गर्न नहुने उनको भनाई छ ।

पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषी चौलागाईले बिना शर्त सरकारले विधेयक फिर्ता गरेर शुन्यबाट बिधेयक ल्याउन माग गरे । उनले महासंघ विधेयकको बिपक्षमा रहेको जनाउँदै पत्रकार महासंघले यथास्थितीमा विधेयकलाई स्वीकार नगर्ने बताए ।

महासंघका बाँके शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका पूर्व अध्यक्ष निरज गौतम, पत्रकार आरिफ अन्सारी, साबित्री गिरी, नरेन्द्र गापा लगायतले धारणा राखेका थिए ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ५ : ०४ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको