काठमाडौँ । काम चलाऊ बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कृति र साहित्यलाई सामाजिक रूपान्तरणका पक्षमा समर्पित गर्न आवश्यक रहेको बताएका छन् । दुई सय एघारौँ भानु जयन्तीको अवसरमा सामाजिक सञ्जाल मार्फत शुभकामना दिँदै उनले भानुभक्तका योगदानहरूको स्मरण र सम्मानसहित प्राचीन दर्शन, सभ्यता, संस्कृति र साहित्यका असल पक्षहरू अनुसरण गर्नुपर्ने बताएका छन् । 'आजको दिनले आदिकवि…