५ श्रावण २०८३, मंगलबार | July 22, 2026

प्रधानमन्त्री ओलीको प्रकृतिका आमाबाबुसँग कुराकानी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृति लम्सालका आमाबाबुसँग कुराकानी गरेका छन् । एमाले नेता महेश बस्नेतले भैरहवास्थित घरमा पुगेर उनका बुबाआमा र परिवारसँग भेटी समवेदना व्यक्त गर्दै उनले प्रकृतिका बुबाआमाको प्रधानमन्त्री ओलीसँग गराएका हुन् ।

सो कुराकानीमा प्रधानमन्त्रीले घटनाको समग्र विषयमा थप जानकारी लिँदै न्यायका लागि पहल गर्ने र अपराधमा संलग्नलाई कारबाही गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । साथै उनले यो घटनामा निष्पक्ष छानबिन गरी न्याय सुनिश्चित हुनेमा आफू विश्वस्त रहेको बताए ।

उनले भने, ‘यो खबर सुनेर मलाई निकै दुख लागेको छ। हामी सबैलाई दुखी बनाएको छ। भएर गएको घटनालाई फर्काउन सकिँदैन । नहुनुपर्ने घटना भयो । हामीले धैर्य गरेर यसको सामना गर्नुपरेको छ । छानबिन पनि भइरहेको छ ।’

कुराकानीका क्रममा प्रकृतिका बुवा सुनिल लम्सालले सरकारले पहल गरिरहेको भन्दै विदेश पढ्न जाने अन्य विद्यार्थीले भविष्यमा यस्तो पीडा भोग्न नपरोस् भनेर ध्यान दिनुपर्ने बताए । सुनिलले भने, ‘हाम्रो त घटना भइसक्यो। त्यहाँ धेरै नेपालीका छोराछोरी छन् । आगामी दिनमा यस्ता घटना नहुन्। सरकारले पनि यसमा पहल गरोस्। घटना भइसक्यो, दुर्घटना भइसक्यो ।’

जवाफमा प्रधानमन्त्री ओलीले यो प्रकरणलाई सरकारले सुरुदेखि नै गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै प्रकृतिलाई न्याय दिलाउन प्रतिबद्ध रहेको बताए ।

ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत प्रकृति लम्साल फागुन ४ मा मृत फेला परेकी थिइन् । यो घटनामा संलग्न भएको आरोपमा ओडिसा प्रहरीले भारत उत्तर प्रदेशका एक विद्यार्थीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

त्यस्तै नेपाली विद्यार्थीलाई विश्वविद्यालय प्रशासनले गरेको दुर्व्यवहारको भारतमै चर्को विरोध भएपछि विश्वविद्यालयले माफी माग्दै नेपाली विद्यार्थीलाई अध्ययनमा फर्किन आग्रह गरेको छ । यो घटनापछि दुई सयभन्दा बढी विद्यार्थी स्वदेश फर्किएका छन् । कीट विश्वविद्यालयमा करिब १५ सय नेपाली विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ११ : ०७ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं