सुनसरी । सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । शनिबार अपराहन्न सप्तकोशीमा ५ लाख २१ हजार क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो । पानीको सतहले पुललाई नाघेपछि पैदल यात्रुलाई पुलबाट हिड्न रोकिएको छ भने सवारी साधनलाई भने जान दिइएको प्रहरीले जानकारी दिएको छ । सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा…