५ चैत्र २०८१, मंगलबार | March 18, 2025

बुटवल हस्पिटल प्रा लि र वरदान आई भि एफ बिच सम्झौता



बुटवल । एक सय बेड सञ्चालन अनुमति रहेको बुटवल हस्पिटल प्रा लिले आफ्नो सेवा र सुविधा विस्तार गर्दै लगेको छ । यसै क्रममा अस्पतालले बुटवलमा रहेको वरदान आइ भि एफ सँग उपचार सम्झौता गरेको हो ।

यो सम्झौतासँगै अब वरदान मार्फत आई भि एफ सेवा लिएका सेवाग्राहीहरुले बुटवल हस्पिटल प्रा लिमा प्रसुती सेवा लिने छन् । निशन्तान दम्पतिका लागि उपचार केन्द्र बन्दै गएका आइ भि एफबाट आउने सेवाग्राहीका लागि पनि बुटवल हस्पिटल पहिलो रोजाई बन्दै गएको छ ।

अस्पतालको भौतिक संरचना दक्ष जनशक्ति र अत्याधुनिक उपकरणका कारण बुटवल हस्पिटल प्रालि सेवाग्राहीहरूको रोजाइमा परेको हो । बुटवलमा निकै सफल रहेको वरदान आइभि एफसँग सम्झौता भएसँगै दुवै संस्थाबीचको सहकार्यले सेवाग्राहीका लागि सहज भएको छ । सम्झौता पत्रमा बुटवल हस्पिटल प्रालिका जनरल म्यानेजर देवेश कर्ण र वरदानका तर्फबाट डाइरेक्टर सबिना सिमखडाले हस्ताक्षर गरे । सो अवसरमा बुटवल हस्पिटल प्रा लिका जनरल म्यानेजर कर्णले बुटवलमा आइभिएफ मार्फत सेवा लिएका सेवाग्राहीहरुलाई अब प्रसुती सेवाका लागि अन्यत्र जान नपर्ने बताए । उनले आमा र बच्चा दुवैका लागि भरपर्दो सुविधा सम्पन्न सेवा बुटवल हस्पिटलले प्रदान गर्ने प्रतिबद्धता जनाए ।

वरदानका डाइरेक्टर सिमखडाले बुटवलमा सबै हिसाबले उपयुक्त अस्पताल बुटवल हस्पिटल नै भएकोले सम्झौता गरिएको बताए । निसन्तान दम्पतिहरूले आइभिएफ सेवा लिन यस अघि भारत र अन्य सहर जानुपर्ने भएपनि अहिले बुटवलमै यो सेवा सुरु भएको छ ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ६ : ५५ बजे

छिटफुट घटनाबाहेक स्ववियु निर्वाचन सम्पन्न

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा

लिङ्देनले बहिस्कार गर्दा कमल थापाले दिए नवराज सुबेदी नेतृत्वको राजावादी आन्दोलनलाई मान्यता

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समिति

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी