३० फाल्गुन २०८२, शनिबार | March 15, 2026

रसुवागढीस्थित पुल सञ्चालनमा आएसँगै चिनियाँ समान ढुवानी सहज

रसुवा । रसुवागढीस्थित मितेरी पुल बगेको करिब छ महिनापछि सोही ठाउँमा निर्माणाधीन बेलीब्रिज सञ्चालनमा आएसँगै मालवाहक ट्रक तथा डिब्बाको आवतजावत सुरु भएको छ । ल्हेन्दे खोलामाथि बनेको बेलीब्रिज सञ्चालनमा आएको आज दोस्रो दिन २० वटा मालवाहक डिब्बा तथा ट्रक नेपाल भित्रिएको रसुवागढीस्थित सशस्त्र प्रहरी कार्यालयले जनाएको छ । बिहीबार दिउँसो करिब १२ बजे लत्ताकपडा बोकेको…