१२ पुस २०८२, शनिबार | December 27, 2025

संसद् विघटनविरुद्ध सर्वोच्चमा १० रिट, प्रधानमन्त्री नियुक्ति र राष्ट्रपतिको निर्णय असंवैधानिक दाबी

काठमाडौं । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट दायर भएका छन्। दायर रिटहरूमा प्रधानमन्त्रीको नियुक्तिदेखि प्रतिनिधिसभा विघटनसम्मका सम्पूर्ण निर्णय असंवैधानिक रहेको दाबी गरिएको छ। रिटदाताहरूले प्रधानमन्त्रीको नियुक्ति संविधानको धारा उल्लेख नगरी गरिएको, धारा ७६ अनुसार प्रधानमन्त्रीमा नियुक्त हुन सक्ने तीन प्रकारका व्यक्तिबाट नभई बाहिरका व्यक्तिलाई नियुक्त गरिएको, साथै पूर्वप्रधानन्यायाधीशलाई नियुक्त गर्नु संविधानविपरीत भएको आरोप…