बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालीहरूको महान चाड तिहार तथा छठ पर्वको अवसरमा नगर क्षेत्रमा प्लाष्टिकका फूलहरू बिक्री, वितरण र प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको छ । उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले हस्ताक्षर गरी जारी गरिएको सूचनामा भनिएको छ- “धार्मिक एवम् सांस्कृतिक पर्वको मौलिकता जोगाउन, वातावरणीय प्रदूषण नियन्त्रण गर्न र स्थानीय उत्पादनलाई प्रोत्साहन दिन सबैले स्वदेशी…