१६ भदौ २०८३, मंगलबार | September 1, 2026

बैकुण्ठधामप्रति बाँकेबासीले अपनत्व लिन सक्ने गरी समन्वय र सहकार्य गर्न आवश्यक : वाचन प्रविण पोखरेल



नेपालगन्ज । वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले बैकुण्ठधाम आध्यात्मिक महोत्सवप्रति सबै बाँकेबासीले अपनत्व लिन सक्ने गरी समन्वय र सहकार्य गर्न आयोजक पक्षलाई सुझाव दिएका छन् । मुल समारोह समितिले शनिबार बिहान नेपालगन्जमा गरेको पत्रकार भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कथावाचक पोखरेलले ‘बैकुण्ठधाम आध्यात्मिक महोत्सव’ लाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिए ।

आयोजक समितिलाई समावेशी बनाउन पनि उनले सुझाव दिए । ‘केही समयअघि म आउँदाखेरी यसको समावेशीताको विषयमा कुराहरु उठेको थियो, त्यसलाई सम्बोधन गर्ने गरी विभिन्न उपसमितिहरु बनेका छन्,’ उनले भने, ‘अझैपनि सम्बोधन गर्ने हिसाबबाट समावेशी होस् ।’

कार्यक्रमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले आध्यात्मिक महोत्सवलाई सबै बाँकेबासी मिलेर सफल पार्नुपर्ने बताए । ‘यो महोत्सवप्रति सबैले अपनत्व लिनुपर्छ,’ विष्टले भने ।

मुल समितिका संयोजक डा। सुरेशकुमार कनोडियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह-संयोजक भोला महत, महिला अगुवा रिचा द्धुवेदी लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन श्रीराम सिग्देलले गरेका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  २ : १७ बजे

वेपत्ता नागरिकका परिवारलाई राज्यले अभिभावकत्व प्रदान गर्छ : मुख्यमन्त्री आचार्य

नवलपरासी पश्चिम । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाढी तथा

भोटेकोसी बाढी अपडेट : मृतकको संख्या ९८७ पुग्यो, ३ हजार ९ सयभन्दा बढी अझै बेपत्ता

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा

दक्षिण कोरियाली उद्धार टोली धुञ्चेमा, आजदेखि खोज तथा उद्धार सुरु

रसुवा । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोज

प्रतिनिधिसभाको बैठक भोलि बस्ने, महाविपद्बारे छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (१७ भदौ) दिउँसो १ बजे

रसुवा क्षेत्रका बाढी प्रभावित परिवारलाई के एल दुगड ग्रुपद्वारा खाद्य सामाग्री सहयोग

काठमाडौं । रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई