काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको छ । बालाचतुर्दशी (शतवीजारोपण पर्व) लाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले पशुपतिनाथको चार किल्ला तोकेर आजदेखि मंसिर २७ गतेसम्म मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको हो । कार्यालयका अनुसार गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला…