भैरहवा । गण्डकी प्रदेशलाई १ सय ८ रनले हराउँदै सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पार्न सफल छ । लगातार तेस्रो जितसँगै सुदूरपश्चिम प्रदेश अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित ५० ओभरको खेलमा अलआउट हुँदै…