७ आश्विन २०८३, बुधबार | September 23, 2026

कार्ल बिक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण



काठमाडौं । लेखक कार्ल बिक्रम थापाद्वारा लिखित पुस्तक ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ लोकार्पण भएको छ ।

बिहीबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच लेखक थापाद्वारा लिखित पुस्तक ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ लोकार्पण भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका सदस्य वामदेव गौतम, नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडा र पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य कल्पना धमला लगायतले सो पुस्तक सामुहिक रुपमा लोर्कापण गरेका थिए ।

पुस्तकका सन्दर्भमा अमेरिकाका लागि नेपालका पूर्व राजदूत तथा हाल भारतका लागि नेपाली राजदूत शंकर शर्मा र त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक प्राडा. सुरेन्द्र केसीले टिप्पणी गरेका थिए ।

पुस्तकमा अमेरिकी झन्डाको इतिहास, अमेरिकी राष्ट्रिय गान, अमेरिकाको सङ्क्षिप्त इतिहास र अमेरिकामा रहेका जनजातिहरुको बारेमा उल्लेख गरिएको छ । त्यसैगरी ब्रिटिश शासन तथा औपनिवेशिक काल, स्वतन्त्रता प्राप्ति, संविधान निर्माण र राष्ट्रिय सरकारको स्थापना, दासप्रथा र स्वतन्त्रता भुमि आन्दोलनको विषयमा पनि लेखिएको छ । पुस्तकमा अमेरिका अन्तर्राष्ट्रिय युद्ध र विकास, दोस्रो विश्वयुद्ध र त्यसपछिको अमेरिका र अमेरिकाका विभिन्न युद्धहरु लगायतका विभिन्न विषयहरुलाई समेटिएको छ । त्यसका साथै अमेरिकाको संविधानका सबै पक्षहरुलाई पुस्तकमा उतारिएको छ ।

लेखक स्वयम्ले प्रकाशन गरेको ७१६ पृष्ठको पुस्तकको मुल्य १ हजार १५० रुपैयाँ तोकिएको छ । लोकार्पण समारोहमा बोल्दै अतिथि वक्ताहरुले अमेरिकाजस्तो विकसित मुलुकको संविधान बारे जान्न बुझ्न चाहानेहरुका लागि सो पुस्तक उपयोगी हुने बताएका छन् ।

लोकार्पण समारोहमा बोल्दै लेखक थापाले आफ्नो पुस्तकले अमेरिकाको संविधानको बारेमा नेपाली भाषामा बुझाउने र त्यसका विभिन्न पाटा र पक्षहरुका बारेमा जानकारी गराउन मद्दत गर्ने बताए ।

 

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ८ : १५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई