पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। दुर्घटनाबाट एकजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका-४ सिद्धारका २६ वर्षीय चिन्ताबहादुर सुनारको मात्र सनाखत भएको र अन्य दुईजनाको सनाखत नभएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट तानसेन नगरपालिका-१० पटुवाका ३३ वर्षीय राजन चिदी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका…