काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा सस्तो राजनीति गर्न खोजिएको बताएका छन् । नेपाल स्वतन्त्र पार्टीले चितवनमा निःशुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याएको सन्दर्भ जोडदै एमाले महासचिवले सस्तो लोकप्रियता कमाउन खोजिएको आरोप लगाएका हुन । 'पंचायतकालमा म विद्यार्थी राजनीतिका शिलशिलामा पहिलो पटक चितवन पुग्दा महिलाहरुले ठुलो संख्यामा साईकिल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष…