काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत बिहीबार हुने वेस्टइन्डिज बिरुद्धको खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ । आजको खेलमा आयोजक जिम्बावेका दर्शकले नेपालका पक्षमा हुटिङ गर्दैछन् । खेल सुरु हुनुअघि नै मैदानमा पुगेका घरेलु दर्शकले 'गो नेपाल गो' भन्दै पक्षधरता लिइरहेको क्रिकइन्फोले जनाएको छ । एक खेलमा जित र अर्कोमा हार बेहोरेको नेपालले…